भूकम्प प्रभावितको अस्थायी आवासका लागि १ अर्ब ४१ करोड निकासा

news-details

भूकम्प पीडितका लागि अस्थायी अवास बनाउन सरकारले एक अर्ब ४१ करोड रुपैयाँ निकासा गरेको छ।

राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जाजरकोट र रुकुमपश्चिमका लागि ५०-५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि २ करोड रकम निकासा गरिएको जानकारी दिए।

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको कात्तिक २६ को निर्णयबाट स्वीकृत भएको ‘भूकम्प प्रभावित परिवारलाई अस्थायी आवास निर्माण कार्यविधि २०८०’ अनुसार यसरी रकम निकासा गरिएको हो।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *