राष्ट्रपति पौडेलद्वारा गौरीघाट र कमलपोखरीमा छठ पुजा

news-details

छठ पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाट र कमलपोखरीमा पुगेर छठ पुजा गरेका छन् ।

आइतबार अपराह्न गौरीघाट र कमलपोखरी पुगेर उनले छठको पूजा गरेका हुन्। राष्ट्रपति पौडेलले, सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा गई सूर्यलाई अर्घ दिनुका साथै छठ पूजा गरेका हुन् भने गुह्वेश्वरीपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेरसमेत पूजा आरधना गरे ।

राष्ट्रपति पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, प्रदेशसभा सदस्य श्रीराम लामिछाने, पशुपति विकास कोषका पदाधिकारी , काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष आशामान संगत,छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका हुन् ।

उनलाई कमलपोखरीमा भने प्रतिनिधिसभा सदस्य एंव पूर्वमन्त्री गगनकुमार थापा, काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल, महानगरका वडाअध्यक्षहरु, छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

आइतबार छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ ।

आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *