अन्जली मास्केले काष्ठमाण्डपमा २०८ जनालाई भाइटीका लगाइदिएकी छन् ।

दिदीबहिनीको हातको टीका लगाउन नपाएका र दिदीबहिनी नभएकाहरुलाई २०५५ सालदेखि भाइटीका लगाइदिँदै आएकी मास्केले यसपटक २०८ जनाको लागि तयारी गरेको र सबै सामग्री सकिएको बताइन् ।

उनले भनिन् ‘२ सय ८ जनाको लागि टीकाको तयारी गरेकी थिए । सबै सामग्री सकियो । यस पटक २ सय ८ जना दाजुभाइले टीका लगाउनु भएको छ ।’

मास्केका हातबाट टीका लगाउन नेपाली र विदेशीको सहभागिता थियो ।