सोमबार बेलुका स्वयम्भुमा जुवाको खालबाट पक्राउ परेकाहरु परिवारको रोहवरमा रिहा भएका छन ।

लक्ष्मीपुजाको साझ स्वयम्भुको ठुलो भ¥याङमा जुवा खेलीरहेको अवस्थामा २२ जनालाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको थियो ।

जुवाको खालबाट पक्राउ परेकाहरु हाइप्रोफाइल व्यक्तिहरु रहेका र विभिन्न राजनैतिक दलका नेताहरुले छुटाउनका लागि दबाब दिएको समाचार बाहिरिएपनि तिहारमा रमाइलोका लागि जुवा खेलीरहेको अवस्थामा उनीहरु पक्राउ परेको प्रहरी स्रोतको भनाई छ ।

प्रहरी वृत्त स्वयम्भूको हिरासतमा राखिएका उनीहरु नियमित जुवाडे नभएको र तिहारमा रमाइलोका लागि जुवा खेलीरहेको पाइएकाले प्रक्रिया पु¥याएर शुक्रबार हाजिर हुनेगरी आज (मंगलबार) परिवारको जिम्मामा रिहा गरिएको प्रहरीले जनाएको छ ।