लायन्स क्लव अफ काठमाडौं रक्तदाता समुहका संस्थापक अध्यक्ष तथा जोन चेयर पर्सन लायन केदार प्रसाद न्यौपाने र वन्डर उमनकी उपाध्यक्ष लायन सुनेना श्रेष्ठले आफ्नो जन्मदीनको अवसर पारेर वृहत् रक्तदान तथा स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरेका छन् ।

जन्मदीनको अवसरमा वृहत रक्तदान तथा स्वाथ्य परिक्षण कार्यक्रम आयोजना
लायन्स क्लव ड्रिष्ट्रिक ३२५ आई नेपालकी चिफ एड्भाईजर लायन पार्वती खरेल पाण्डेको विशेष उपस्थिति रहेको कार्यक्रम लायन्स क्लव अफ काठमाडौं रक्तदाता समुह, वन्डर उमन र नेपा कम्लेक्स मेनेज्मेन्ट तथा व्यापार संघको संयुक्त आयोजनामा सम्पन्न गरिएको थियो ।

हरेक उत्सव सामाजिक कार्य गरि मनाऔं भन्ने उद्देश्यका साथ न्यौपानेले विगत लामो समयदेखि आफ्नो जन्मदीनको अवसरमा निरन्तर रक्तदान गर्दै आएको बताएका छन् । चाडपर्वको अवसरमा र भुकम्पमा परि घाईते भएकाहरुका लागि रक्तअभाव नहोस् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेको उनले बताए ।

जन्मदीनको अवसरमा वृहत रक्तदान तथा स्वाथ्य परिक्षण कार्यक्रम आयोजना
एक जनाको रगतले अन्य ३ जना व्यक्तिको जिवन जोगाउन मद्दत पुग्ने भएकाले आफूले पनि प्रत्येक ३–३ महिनामा रक्तदान गर्ने गरेको बताउँदै न्यौपानेले आजसम्म ७३ औं पटक रक्तदान गरिसकेको समेत जानकारी दिए । साथै सबैले आफ्ना उत्सवहरु सामाजिक कार्य गरेर मनाउन समेत सबैलाई आग्रह गरे ।

त्यस्तै लायन्स क्लवकी चिफ एड्भाईजर लायन पार्वती खरेल पाण्डेले जन्मदीनको अवसरमा लायन्स क्लव अफ काठमाडौं वन्डर उमन र रक्तदाता समुहले गरेको कार्यप्रति खुशी व्यक्त गरिन् । विगतमा पनि थुप्रै सामाजिक कार्यहरु गर्दै आएका यी क्लवहरुले आगामी दिनहरुमा पनि यस्ता कार्यलाई निरन्तरता दिन समेत आग्रह गरिन् । साथै अन्य संघसंस्थाहरुले पनि लायन्स क्लवहरुले गरेको कार्यप्रति उत्प्रेरित भई यस्ता सामाजिक कार्यहरु गर्न जरुरी रहेको बताईन् ।

जन्मदीनको अवसरमा वृहत रक्तदान तथा स्वाथ्य परिक्षण कार्यक्रम आयोजना
कार्यक्रममा बोल्दै लायन्स क्लव अफ काठमाडौं वन्डर उमनकी संस्थापक अध्यक्ष तथा जोन चियर पर्सन लायन मेघा तिमिल्सिनाले वन्डर उमनले स्थापनाकालदेखि नै रक्तदान लगायत थुप्रै सामाजिक कार्यहरु पनि गर्दै आएको र जन्मदीनको अवसर पारेर रक्तदान कार्यक्रममा सहकार्य गरेको बताईन् ।

विशेषगरि महिला सशक्तिकरण, महिला सम्बन्धि स्वास्थ्य शिविरहरु गर्दै आएको बताउँदै जोन चियर पर्सन तिमिल्सिनाले आगामी दिनहरुमा पनि महिला स्वास्थ्य शिविरहरु, संचालन गर्ने लक्ष्य रहेको बताइन् । साथै रुकुम पश्चिम र जाजरकोटका भुकम्प पीडितहरुका लागि राहत संकलन गरि ३० हजार रुपैया रकम पठाएको समेत जानकारी दिइन् ।

जन्मदीनको अवसरमा वृहत रक्तदान तथा स्वाथ्य परिक्षण कार्यक्रम आयोजना
वन्डर उमनकी अध्यक्ष लायन स्वरस्वती कुँवरले अहिले डेंगुका बिरामी बढ्दो संख्यामा रहेकोले उनीहरुलाई रक्तअभाव नहोस् भन्नका लागि कार्यक्रमको आयोजना गरेको बताइन् । साथै आगामी दिनहरुमा पनि यस्ता कार्यलाई निरन्तरता दिदै जाने समेत प्रतिवद्धता जनाईन् ।
जन्मदीनको अवसरमा वृहत रक्तदान तथा स्वाथ्य परिक्षण कार्यक्रम आयोजना
कार्यक्रमबाट बाईक दुर्घटनामा परि उपाचाररत बिरामीलाई तत्काल रगत उपलब्ध समेत गराईएको थियो । साथै बिरामीका आफन्तले तत्काल सहज रुपमा आवश्यक रगत पाएकोमा आयोजक टिमलाई धन्यवाद दिदै आगामी दिनमा आफूहरु पनि यस्ता कार्यक्रम आयोजना गरि कसैको जीवन जोगाउने कार्यमा लाग्ने समेत प्रतिवद्धता व्यक्त गरे । त्यस्तै कार्यक्रमबाट ३८ पिन्ट रगत संकलन भएको आयोजक न्यौपानेले जानकारी दिए ।