प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङबीच भेटवार्ता भएको छ ।

बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिव वाङ छुङछेङ लगायतको टोली सहभागी थियो ।

भेटमा दुई देशबीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।