गत कार्तिक १७ गते रूकुम पश्चिम र जाजरकोटमा गएको विनासकारि भुकम्पमा परि घरपरिवार विहिन भएका परिवारहरूका लागि राहत जुटाउन राष्ट्रिय व्यापार सङ्घले अभियान सुरू गरेको छ ।

भुकम्प पिडितलाई सहयोग गरिदिन व्यापारीहरुलाई राष्ट्रिय व्यापार संघको आग्रह

न्युरोड क्षेत्रमा व्यापार गर्ने व्यवसायीहरूलाई मध्यनजर गर्दै संघले आफुसङ भएको लत्ताकपडा वा नगद जिन्सी जे सकिन्छ त्यही सहयोग गर्न व्यापारिहरूलाई आग्रह गरेको छ ।

सबैको सानोतिनो सहयोगले भुकम्प पिडितलाई ठूलो राहत मिल्ने र भुकम्पमा परि घरवारविहीन भएकाहरुका लागि सहयोग गर्ने सबैको कर्तव्य पनि भएको बताउँदै संघका अध्यक्ष सरोजकुमार श्रेष्ठले सम्पुर्ण व्यापारी व्यवसायीहरुलाई आफूले सकेको सहयोग गरिदिन समेत आग्रह गरेका छन् ।
साथै काठमाडौंको न्युरोडस्थित फसिकेव इनार (सायमी भवन अगाडी), वटु भद्रकाली चोक, प्युखा चोकमा गई राहत संकलन गरि र राष्ट्रिय व्यापार संघको कार्यलयमा सम्पर्क गरि सहयोग गर्न सकिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

गत कात्तिक १७ गते राती ११:४७ मा जाजरकोटको रामीडाँडा केन्द्र भएको आएको ६.४ रेक्टर स्केलको भूकम्पले १५३ जनाको ज्यान गएको थियो भने सयौं घाइते छन् । यसैगरी सयौं घरहरु भत्किएर मानिसहरु घरबारबिहिन भएका छन्।

संघले भूकम्पमा परी निधन भएकाहरुलाई श्रद्धान्जली व्यक्त गरेको छ भने घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै भूकम्पका घाइतेहरुलाई उपचारमा कुनै कमी हुन नदिन,घरबार बिहिनहरुलाई तत्काल घरबासको व्यवस्था गर्न संघले सरकारको ध्यानाकार्षण समेत गराएको छ ।