प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुद्ध जन्मस्थल लुम्बिनी आएका छन् ।

नेपाल भ्रमणका आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न प्रचण्ड मंगलबार बिहान लुम्बिनी आएका हुन् ।

प्रचण्डलाई संस्कृति पर्यटन तथा नागरिक उडडयनमन्त्री सुदन किराती, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामाले स्वागत गरे ।

पूर्वनिर्धारित समय तालिकाअनुसार बिहान पौने ९ बजे गुटेरेस आउने बताइए पनि अन्नपूर्ण आधार शिविरमा भएको ढिलाइले केही समय लाग्ने भएको लुम्बिनी विकास कोषले जनाएको छ।