कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङबाट उनले शपथ लिएका हुन् ।
मुख्यमन्त्री कार्कीले शपथ लिएलगत्तै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन ।
आफ्नो दल कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् । राई र रानाले पनि आइतबार नै शपथ लिएका छन् ।
कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा कार्की प्रदेशको आठौं मुख्यमन्त्री नियुक्त भएका हुन् । कांग्रेसका ८ र एमलेका ३९ सहित ४७ प्रदेश सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।








