मनाङ एअरको हेलिकोप्टर दुर्घटना भएको छ ।

रुम्झाटारबाट लोबुचे उडेको मनाङ एयरको (एन)एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ। हेलिकोप्टर सोलुखुम्बुको नाम्चेभन्दा माथि लोबुचेमा दुर्घटनामा परेको हो ।

शनिबार बिहान ७ बजेर १३ मिनेटमा हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन उडेको हेलिकप्टर दुर्घटना भएको बताइएको छ । पाइटल पिके सेढाइ मात्र रहेको उक्त हेलिकप्टर ‘अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

दुर्घटनामा हेलिकोप्टर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने पाइलट प्रकाश सेढाइँ सामान्य घाइते भएका छन् ।

उनलाई फिस्टेलको हेलिकप्टरले लुक्ला हुँदै काठमाडौको ह्याम्स हस्पिटल ल्याइँदै गरेको बताइएको छ ।