कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेश गरेका छन् ।
कोशी प्रदेशसभामा रहेका सत्तारुढ गठबन्धन दलका प्रदेशसभा सदस्यहरुको समर्थनमा उनले बिहीबार साँझ प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरेका हुन् ।
आङ्बोलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको समर्थन छ ।
यसैबीच कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्कीले पनि दाबी पेश गरेका छन् ।
उनी कांग्रेसको शेखर कोइराला पक्षका नेता हुन् । शीर्ष नेतृत्वले मुख्यमन्त्रीमा माओवादीका इन्द्रबहादुर आङ्बोलाई समर्थन गर्ने सहमति जनाएपछि असन्तुष्ट बनेको कोइराला पक्षबाट कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्रीका दाबी पेश गरेका हुन् ।
कार्कीलाई एमालेका ३९ र कांग्रेसका ८ सांसदसहित ४७ सांसदको समर्थन रहेको दाबी गरिएको छ ।
कांग्रेसका केदार कार्की, रामकुमार खत्री, शम्शेर राई, इन्दिरा थापा, लिलाकुमारी राई, गोविन्दा गिरी, मानबहादुर लिम्बु र सुनिताकुमारी गुरुङसहित ८ जनाले हस्ताक्षर गरेका छन् ।








