नेकपा (एमाले) कोशी प्रदेश प्रदेश कमिटी अध्यक्षमा मोरङका घनश्याम खतिवडा निर्वाचित भएका छन् ।
खतिवडा ५१२ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी विनोद ढकालले ४३० मत प्राप्त गरेका छन् ।
यसैगरी उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् भने सचिवमा पाँचथरका राजकुमार भण्डारी विजयी भएका छन् ।
त्यस्तै दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।








