मेरो टिम सम्पुर्ण गैरआवासीय नेपालीको हो, कुनै राजनैतिक दलको नबनाइदिन आग्रह छ : आरके शर्मा

news-details

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका राजेन्द्र कुमार (आरके) शर्माले आफ्नो टिम सम्पूर्ण गैरआवासीय नेपालीहरुको साझा टिम भएको बताउदै यस टिमलाई कुनै राजनैतिक दल विशेषको नसोच्न र नबनाइदिन आग्रह गरेका छन ।

कर्मभूमि कतारमा आयोजित औपचारिक उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै शर्माले आफु विगत १५ वर्षदेखि एनआरएन अभियानमा निरन्तर लागिरहदा साथ, सहयोग र समर्थन गर्ने अग्रज, सहकर्मी तथा सम्पूर्ण एनआरएन अभियान्ताहरुको चाहना अनुसार नै आफु नेतृत्वका लागि अघि बढेको बताए ।

उम्मेदवारी घोषणासभामा बोल्दै शर्माले आफु सर्वसम्मत हुनेमा विश्वस्त रहेको बताउदै भने ‘नेतृत्वमा अघि सर्नु स्वभाविक हो, मेरो प्रतिष्र्धीकोरुपमा अघि सर्नुभएका अग्रज बद्रीजी, रविनाजी तथा सहकर्मी महेशजी र विनयजीले यसपटक मध्यपूर्वको इज्जत गर्दै मलाई सर्वसम्मत बनाउनेमा ढुक्क छु ।’

‘विगत लामोसमयदेखि एनआरएन अभियानमा सक्रिय मलाई तपाईहरु सबैको माया ममता र विश्वासले विभिन्न जिम्मेवारीमा रहेर काम गर्ने मौका दिनुभयो, यस अवधिमा राजनैतिक आस्थाबाट माथि उठेर काम गर्ने जमर्को गरे र अब पनि गर्छु’ शर्माले भने ‘मेरो टिम संसारभर रहनुभएका सम्पूर्ण गैरआवासीय नेपालीहरुको साझा टिम हो, कृपया यसलाई राजनैतिक दल विशेषको नसोच्न र नबनाइदिन आग्रह गर्दछु ।’

उम्मेदवारी घोषणासभामा बोल्दै शर्माले आफु सर्वसम्मत हुनेमा विश्वस्त रहेको बताउदै भने ‘नेतृत्वमा अघि सर्नु स्वभाविक हो, मेरो प्रतिष्र्धीकोरुपमा अघि सर्नुभएका अग्रज बद्रीजी, रविनाजी तथा सहकर्मी महेशजी र विनयजीले यसपटक मध्यपूर्वको इज्जत गर्दै मलाई सर्वसम्मत बनाउनेमा ढुक्क छु ।’

एनआरएनए अध्यक्षमा आरके शर्माले आज औपचारिक उम्मेदवारीको घोषणा गर्दै

कार्यक्रममा शर्माले आफुले २४ महिने कार्यकालमा गर्ने २४ कार्ययोजनासहितको बाचापत्र सार्वजनिक गरेका छन । सो अवसरमा विश्वभरबाट सहभागिता जनाउन आएका एनआरएनए पदाधिकारीहरु तथा आगामी नेतृत्वका लागि विभिन्न पदका आकांक्षीहरुले साथ दिएका थिए ।

संघका वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा आफ्ना योजना तथा कार्यक्रमहरू ल्याएको बताए । यो योजना तथा कार्यक्रमले सिंगो गैरआवासीय नेपाली अभियानलाई एक ढिक्का बनाएर अघि लैजाने र आफ्नो कार्यकालमा ‘फुटेको होइन, जुटेको एनआरएन’ बन्ने उनले दाबी गरे ।

“अध्यक्ष पद प्राप्त गर्ने मेरो अभिलाषा होइन । मैले त तपाई हाम्रा लागि काम गर्ने उद्देश्यले जिम्मेवारी लिन मात्र खोजेको मात्र हुँ ।” उनले थप जोड दिंदै भने, “मैले योजनाबद्ध रुपमा कार्य गर्ने लक्ष्य राखेको छु । ती लक्ष्य र कार्ययोजनालाई समेटेर यो बाचापत्र सार्वजनिक गरेको छु ।” आफुले सार्वजनिक गरेका कार्य र त्यसमा भएका प्रगतिको समीक्षात्मक टिप्पणी त्रैमासिक रुपमा सावजनिक गर्ने उनले बाचा समेत गरे ।

कतारको राजधानी दोहास्थित रयाडिसन ब्लु होटलमा आयोजित शर्माको औपचारिक उम्मेदवारी घोषणा र बाचापत्र सार्वजनिक कार्यक्रम अहिले जारी छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *