महानगरपालिकाले आन्दोलनरत अभियान्ता ई: सँग आज वार्ता गर्ने भएको छ ।
महानगर र ईस् बीच आज दिउँसो साढे २ बजे वार्ता हुने तय भएको हो । वार्तामा मेयर बालेन साह भने नबस्ने भएका छन् । महानगरपालिकाले प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वार्ता टोली बनाएको छ ।
आन्दोलनरत पक्षबाट ई:, कानुन विज्ञ, शहरी विकास विज्ञसहित ४ जनाको टोली जानेछ ।
फुटपाथ व्यवसायीको व्यवस्थापनको माग राख्दै ईस् केही दिनदेखि महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह बाहिर उभिइरहेका छन् ।








