सभामुख देवराज घिमिरे एक साता लामो आयरल्याण्डको औपचारिक भ्रमण सकेर नेपाल फर्कदैँ छन् । उनी आज बिहान १०ः१५ बजे कतार एयरलाइन्सबाट स्वदेश फर्कन लागेका हुन् ।

सभामुख घिमिरे तीन सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भदौ ३१ गते आइतबार साँझ आयरल्याण्ड प्रस्थान गरेका थिए ।

आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणामा सभामुख घिमिरे एक साताका लागि आयरल्याण्डको राजधानी डब्लिन गएका थिए ।

भ्रमणका क्रममा उनले तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेल र माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग शिष्टाचार भेट समेत गरेका थिए ।