आज नेपाली कांग्रेस संस्थापन इतर नेताहरुको बैठक बस्दैछ ।
बैठक कांग्रेस नेता शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्नेछ । बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई पनि निमन्त्रणा गरिएको बताइएको छ ।
बैठकमा असोज ४ गतेदेखि बस्ने केन्द्रीय समिति बैठक बारे छलफल हुने बताइएको छ ।








