बीरगञ्जको बालसुधार गृहमा झडप

news-details

वीरगञ्जस्थित बाल सुधार गृहमा गएराती झडप भएको छ ।

बाल सुधार गृहमा रहेका बन्दीहरुबीच विवाद बढेपछि झडप भएको र झडपमा परी केही बन्दीहरु घाइते भएको पर्सा प्रहरीले जनाएको छ । सुधार गृहमा रहेका दुई समूहबीचको विवादले झडपको रुप लिएको हो ।

झडप नियन्त्रण गर्न प्रहरी परिचालन गरिएपछि बन्दीहरुले सुधार गृहमा ब्यापक तोडफोड गर्नुका साथै प्रहरीमाथि पनि ढुंगामुढा गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिने क्रममा तीन प्रहरी घाइते भएको र एक दर्जन जति बन्दीहरु पनि घाइते भएको प्रहरीले जनाएको छ । बाल सुधार गृहभित्र के कारणले विवाद उत्पन्न भएको हो भन्ने खुलिसकको छैन ।

भक्तपुरको बाल सुधार गृहबाट बीरगञ्ज सारिएका बन्दीहरुको समूहले नै त्यहाँ पनि तनाव सिर्जना गरेर पहिल्यैदेखि त्यहाँ रहेका बन्दीहरुमाथि आक्रमण गरेको बुझिएको छ । यही भदौ ४ गते भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा तोडफोड भएपछि त्यहाँ रहेका १८ जना बन्दीलाई वीरगञ्ज लगिएको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *