नेम्वाङको पार्थिव शरीर दिउँसो १ बजेसम्म पार्टी कार्यालय रहने, बिहिबार सार्वजनिक विदा

news-details

नेकपा एमालेका उपाध्यक्ष तथा संविधासभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।

नेकपा एमाले पार्टी कार्यलयका अनुसार हिजोदेखि पार्टी मुख्यालय, च्यासल ललितपुरमा राखिएको पार्थिव शरीर आज दिउँसो १ बजे पछि घरमा लगिने जनाइएको छ ।

पार्थिव शरीर घरमा लगेर मुन्धुम संस्कृति अनुसार अन्तिम श्रद्धाञ्जली दिइनेछ ।

घरमा लगेपछि किरात संस्कृति अनुसार गर्नुपर्ने कार्य गरिए पछि भोलि बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

यसैबीच बिहीबार सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ ।

नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टिका लागि सार्वजनिक विदा दिने निर्णय भएको हो ।

मंगलबार हृदयघातका कारण ७१ वर्षीय नेम्वाङको निधन भएको थियो । उनका दुई भाई छोराहरु नै विदेशमा रहेका र आज अपरान्हमात्रै नेपाल आईपुग्ने भएकाले उनको अन्त्येष्टि बिहीबार गर्न लागिएको हो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *