नेम्वाङको अन्त्येष्टि बिहीबार राजकीय सम्मानसहित गरिने, सार्वजनिक विदा दिने सरकारको निर्णय

news-details

नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ ।

नेम्वाङको पार्थिव शरीरमा अहिले एमाले पार्टी कार्यालय च्यासलमा राखिएको छ । श्रद्धाञ्जली अर्पणका लागि भोलि दिउँसो १ बजेसम्म राखिने र १ बजेपछि उनको पार्थिव शरीर बालुवाटारस्थित निवासमा श्रद्धान्जलीका लागि राखिने एमालले जनाएको छ ।

भोलि पार्टी कार्यालयबाट शव निवासमा लगेर बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ । मन्त्रिपरिषद बैठकले उनको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने निर्णय गरेको थियो ।

नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।

आज प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले च्यासल पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

बालुवाटारस्थित निवासमा आज बिहान हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल लैजाने क्रममा बाटोमै नेम्वाङको निधन भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *