ललितानिवास प्रकरणमा पक्राउ परेका आरोपीहरूलाई धरौटीमा छाड्न आदेश

news-details

जिल्ला अदालत काठमाडौंले ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका एकजनाबाहेक सबैलाई धरौटीमा छाड्ने आदेश दिएको छ।

बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा सारेको तथा सरकारी कागजात किर्ते गरेको प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा उनीहरूलाई मुद्दा चलाएको थियो।

आइतबार न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको हो। तुलाधरलाई भने सामान्य तारेखमा छाड्न आदेश दिएको बताइएको छ।

आरोपीमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्री तथा पूर्वसचिवसमेत छन्।

यस मुद्दामा सरकारी लिखत कीर्ते अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले उक्त मुद्दामा तीन सय १० जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले ६० दिन लगाएर संगठित अपराध कसुरमा घटनाको अनुसन्धान गरे पनि सरकारी वकिलले संगठित अपराध कसुर आकर्षित नहुने भन्दै कीर्तेमा मुद्दा दर्ता गरेको हो।

विसं २०४९ देखि २०६९ सम्ममा नक्कली मोही खडा गरेर ललिता निवासको एक सय ४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याइएको थियो। उक्त प्रहरणमा पूर्वमन्त्री, पूर्वसचिव बहालवाला सचिव, पूर्वकर्मचारी, नक्कली मोही, व्यवसायीलगायत विरुद्ध मुद्दा दर्ता भएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *