सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले भने -‘चीन भ्रमण फलदायी र प्रभावकारी हुन्छ’

news-details

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, आफ्नो आसन्न चीन भ्रमण फलदायी र प्रभावकारी हुने बताएका छन् ।

आईतबार चीन भ्रमणका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरुसँगको छलफलमा उनले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुने भन्दै त्यसका लागि आवश्यक गृहकार्य गरिएको बताएका हुन् ।

उनले भने, ‘यो छलफल आसन्न चीन भ्रमणलाई बढीभन्दा बढी फलदायी र प्रभावकारी कसरी बनाउने भन्ने उद्देश्यका साथ बोलाइएको हो । यहाँ तपाईले जुन सुझावहरू दिनुभएको छ । प्राप्त सुझावहरू महत्वपूर्ण छन् । यसले मेरो भ्रमणलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ । भ्रमण फलदायी बनाउन सकेसम्म प्रयास गरिएको छ । भ्रमण फलदायी र प्रभावकारी हुन्छ ।’

सरकारले दुबै छिमेकीका साथै विश्व समुदायमा सन्तुलित सम्बन्ध कायम राख्ने प्रष्टाउँदै प्रधानमन्त्रीले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको बताए ।

उनले संयुक्त राष्ट्रसंघको महासभामा नेपालले गरिरहेको विकास प्रयास, जलवायु परिवर्तन र त्यसले नेपालजस्ता मुलुकहरूलाई पारेको असर, शान्ति प्रक्रियाको विषयमा संयुक्त प्रयासका निम्ति अपील गर्ने प्रधानमन्त्रीले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *