सुनसरीमा प्रहरीको हतियार लुट्ने पाँचजना पक्राउ

news-details

सुनसरीमा आफ्नो हतियार लुटपाट गर्ने एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आक्रमणमा संलग्न समूहका ५ जनालाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।

बर्जु गाउँपालिका–१ मा शनिबार बिहान सादा पोसाकका प्रहरीमाथि आक्रमण गरेर एउटा समूहले हतियार र गोली लुटेको थियो। चोरी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएका प्रहरीमाथिबिहानपख आक्रमण भएको थियो ।

यो क्षेत्रमा मोटरसाइकलमा यात्रा गर्नेलाई हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचना पाएपछि प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई सादा पोशाकमा खटाइएको थियो। पाँचजनाको समूहले उनीहरूलाई नियन्त्रणमा लिई हतियार खोसेको थियो।

प्रहरीमाथि लुटपाट भएलगत्तै ठूलो संख्यामा प्रहरी परिचालन गरी उक्त समूहको खोजी गरिएको थियो।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *