नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल विजयी भएका छन् ।
मंगलबार नेतृत्वका लागि भएको निर्वाचनको बुधबार बिहान आएको अन्तिम मतपरिणाम अनुसार कँडेलले अध्यक्षका प्रत्यासी हरि रिजाललाई २ मत मतले पराजित गर्दै विजयी भएका हुन् ।
कँडेलले ४७९ मत प्राप्त गर्दा रिजालले ४७७ मत प्राप्त गरे ।
उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, उपसचिवमा रोल्पाका पूर्ण बुढामगर विजयी भएका छन् । महिला उपसचिवमा लिला राना मगर विजयी भएकी छन् ।








