चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको ५ औं विश्व सम्मेलन आगामी अक्टोवर १४ मा हुने भएको छ ।
चितवनको भरतपुरमा हुन गइरहेको उक्त सम्मेलनमा चितवनको विकास र वैदेशिक रोजगारका क्रममा हुने गरेका समस्याको बारेमा चर्चा हुने चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष समिर खत्रीले जानकारी दिए ।
विश्वभर छरिएर रहेका सम्पुर्ण चितवनवासीहरुलाई एकशुत्रमा बाँधेर समग्र चितवन जिल्लाकै विकासका लागि समाजले काम गरिरहेको अध्यक्ष खत्रीले बताए ।
कार्यक्रममा विश्वभर विभिन्न पेशा व्यवसाय, वैदेशिक रोजगार, अध्ययन तथा अध्यापन गर्दै आएका समस्त चितवनवासीहरुलाई विश्व सम्मेलनमा सहभागी हुन अध्यक्ष खत्रीले आग्रह गरेका छन् ।








