काठमाडौं महानगरपालिकाले आज शुक्रबार सार्वजनिक विदा दिएको छ ।
सापारु र रोपाइँ जात्राको अवसरमा सार्वजनिक विदा दिइएको महानगरले जनाएको छ ।
‘काठमाडौं महानगरपालिका स्थानीय राजपत्र संवत् २०८० भदौ १३ गते प्रकाशित सूचना अनुसार संवत् २०८० भदौ १५ गते शुक्रबारका दिनमा सापारु र रोपाइँ जात्रासमेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न संवत् २०८० भदौ १५ गते शुक्रबारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ महानगरले जारी गरेको सूचनामा भनिएको छ ।








