ललितानिवास प्रकरणमा आज पनि जिल्ला अदालतमा बयान हुँदै

news-details

ललितानिवास जग्गा प्रकरणमा थुनिएकाहरूको बयान आज पनि काठमाडौं जिल्ला अदालतमा हुने भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ५७ दिन लगाएर अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार मुद्दा दर्ता गरेको हो । सीआईबीले प्रतिवेदनमा संगठित अपराधमा र किर्तेमा मुद्दा चलाउन राय दिएपनि सरकारी वकिलले भने पश्चातदर्शी कानुन लगाउन नमिल्ने जनाउँदै किर्तेमा मुद्दा चलाएको हो ।

सोमबार उक्त प्रकरणमा थुनामा रहेकामध्येका शिव भट्टराई र रूद्रकुमार श्रेष्ठको बयान न्यायाधीश भोलानाथ ढकालको रोहबरमा भएको छ । आज (मंगलबार) चार जनाको बयान लिन काठमाडौं जिल्ला अदालतले तयारी गरेको छ ।

ललितानिवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा हिनामिनामा चार पूर्वमन्त्री, सञ्चारसचिव कृष्णबहादुर राउत, गृह मन्त्रालयका सहसचिव सुशील वैद्यसहित सरकारी वकिल कार्यालयले २८९ जनासहित मृत्यु भइसकेका २१ लाई पनि प्रतिवादी बनाएर किर्ते मुद्दा दायर गरेको छ । ललितानिवास जग्गा प्रकरणमा १८ जना थुनामा छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *