भोट हाल्दिन भन्ने विकल्पका लागि निश्चित चिन्ह राख्ने व्यवस्था गर्दैछौ : प्रमुख आयुक्त थपलिया

news-details

निर्वाचन आयोगको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगको लागि तयार पारिएको कानूनमा कसैलाई भोट हाल्दिन भन्ने विकल्पको लागि निश्चित चिन्ह राख्ने व्यवस्था रहेको बताएका छन् ।

निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरणको ऐन बारे छलफल कार्यक्रममा प्रमुख आयुक्त थपलियाले कसैलाई भोट हाल्दिन भन्ने व्यवस्था गरेको र कूल मतको ५० प्रतिशतभन्दा बढि मत आयो भने निर्वाचन रद्ध हुने व्यवस्था रहेको पनि बताए ।

यसको साथै उनले, उक्त निर्वाचनका उम्मेदवारले अर्को पटक उम्मेद्वारी दिन नपाउँने नयाँ खालको व्यवस्था पनि आएको जानकारी गराएका छन् ।

उनले भने, नेपाल कानून समाजद्वारा निर्वाचन आयोगको लागि तयार पारिएको निर्वाचन सम्बन्धी कानूनमा कोही व्यक्तिलाई कसैलाई पनि भोट हाल्न मन नभए मतपत्रमा म कसैलाई भोट हाल्दिन भन्ने विकल्पको लागि निश्चित चिन्ह राख्ने व्यवस्था गरेका छौ । त्यो म कसैलाई भोट हाल्दिन भन्ने मतमा कूल मतको ५० प्रतिशतभन्दा बढी भयो भने त्यो निर्वाचन रद्ध हुन्छ र त्यति बेला उम्मेद्वार भएको मानिसहरुले पुनः उम्मेदवारी दिन सक्दैन् किनभने उनीहरुलाई जनताले अस्विकार गरिसकेको हुन्छ । यो व्यवस्था पनि राखेका छौ ।’

प्रमुख आयुक्त थपलियाले ऐनलाई लागू गरेर ०८४ को निर्वाचनलाई कसरी अगाडि बढाउँन सकिन्छ भन्ने मुख्य उद्देश्य रहेको भन्दै निर्वाचन सजिलो, सरल र निष्पक्षताका साथ सम्पन्न गर्न पनि पहल गरेको बताए ।

निर्वाचन प्रणालीलाई सुधार गर्नको लागि सञ्चार माध्यमको पनि सकारात्मक हस्तक्षेप आवश्यक भएको भन्दै निर्वाचन सम्बन्धी कानूनलाई आम चर्चाको विषय बनाउन पनि थपलियाले आग्रह गरे ।

उनले भने, निर्वाचन शासकीय प्रणालीमा परिवर्तन गर्ने हो भने निर्वाचनको व्यवस्थापनमा सुधार हुनुपर्छ । निर्वाचन गतिलो भयो भने मात्रै र निर्वाचनमा सदाचारिता कायम गर्न सक्यो भने मात्रै हामीले खोजेको सुशासन प्राप्त हुन सक्छ भन्ने उद्देश्यका साथ यो ऐनको मस्यौदा तयार गरेर पेश गरेका छौ । त्यसकारण यसलाई छिटो पारित गर्नको लागि सकारात्मक हस्तक्षेपको चाहियो, त्यो हामी तर्फ पनि केन्द्रीत भए हुन्छ । निर्वाचन सम्बन्धी कानूनलाई आम चर्चाको विषय बनाई दिनु हुन पनि आग्रह छ ।’

निर्वाचन लोकतन्त्रको आधारस्तम्भ र प्राणवायु भएको चर्चा गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनको आवधिक अभ्यासबाट नै कनै पनि मुलुकको लोकतन्त्र सुदृढ हुने बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *