आज संसदीय समितिको बैठक बस्ने भएको छ ।

९ वटा समितिको सभापति सर्वसम्मत चुनिएपछि ९ महिनापछि संसदीय समितिको बैठक बस्ने भएको छ ।

संसद् सचिवालयका अनुसार सबै समितिको बैठक दिउँसो ३ बजे बोलाइएको छ ।

जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परे पछि सो समितिमा निर्वाचन हुने भएको छ ।