कृषि उत्पादनलाई थप प्रोत्साहन गर्न रोटरी क्लब अफ महाराजगञ्जले कृषकहरुलाई च्याउ खेतीका लागि तालिम प्रदान गरेको छ ।

नेपालकै सबै भन्दा ठुलो च्याउ खेती भएको स्थान चित्लाङको इन्द्रेनी च्याउ फार्मको अवलोकन गरे पछि कृषकहरु च्याउ खेतीमा आकर्षित हुनुको साथै उत्साहित भएका छन् ।

कृषकलाई च्याउ खेती गर्न रोटरी क्लब अफ महाराजगञ्जको सहयोग

कृषकहरुलाई अन्तर्राष्ट्रिय रोटरी ग्लोबल ग्रान्ट अन्तरगत रोटरी क्लब महाराजगञ्ज तथा रोटरी डिस्ट्रिक ७४१० पेन्सुल्भेनिआ अमेरिकाको संयुक्त सक्रियतामा प्रशिक्षणसहित तालिम प्रदान गरीएको थियो ।

तालिमको उद्घाटन गर्दे रोटरी क्लब महाराजगञ्जका चार्टर प्रेसिडेन्ट डा. जयबहादुर टन्डनले नेपालमा च्याउ खेतीको अत्याधिक सम्भावना रहेकोे र बिदेशसमेत निर्यात गर्न सकीने बताउनुभयो ।

कृषकलाई च्याउ खेती गर्न रोटरी क्लब अफ महाराजगञ्जको सहयोग

उहाँले कृषकहरुको आर्थिक उन्नतीको लागि प्रशिक्षण र तालिमसंगै च्याउ खेतीको व्यवस्थापन गरीने बताउँदै शैक्षिक तालिम बिना च्याउ खेतीकालागि कृषक दक्ष नहुने भएकाले तालिम पछि च्याउ खेतीमा सहभागि गराईने जानकारी दिनुभयो । कृषक च्याउ खेतीका लागि उत्सहित भएको र उनीहरुको तत्परताका आधारमा आकर्षित कृषकलाई छनौट गरेको र आवश्यक बिउ बिजन मलको व्यवस्थापन र व्याड बनाउन कृषकलाई सहयोग गर्ने उहाँको भनाई थियो ।

तालिम सकिए लगतै टनेल बनाएर च्याउ खेतीको उत्पादन थालिने छ । क्लबले कृषकले उत्पादन गरेको च्याउको बजारसमेत व्यवस्थापन गरीदिने भएको छ । तालिम प्रशिक्षक सुमन महर्जनले तालिममा सिकेका कृराहरु कृषकले व्यवहारमा लागु गर्ने भन्दै च्याउ खेती कृषकहरुकालागि प्रभावकारी हुने बताउनुभयो । च्याउ खेतीबाट धेरै कृषक लाभान्वित हुने उहाँको भनाई छ ।

कृषकलाई च्याउ खेती गर्न रोटरी क्लब अफ महाराजगञ्जको सहयोग

कृषक बीरमान राइले कृषककालागि गरीएको च्याउ खेती उपयोगि हुने बिश्वास व्यक्त गर्नुभयो । उहाँले तालिमबाट सिकेका कुरालाई कार्यान्वयन गर्न कृषकलाई सहयोगको आवश्कता रहेको भन्दै यसबाट कृषक लाभान्वित हुनेमा जोड दिनुभयो । कृषककोलागि ठूलो सहयोग मिलेको भन्दै च्याउ तालिम पछि च्याउ खेतीमा लाग्ने उहाँको भनाई थियो । उहाँले बजारको प्रबन्ध भएकाले यसबाट मनग्य नाफा कमाउन सक्ने पनि बताउनुभयो ।

कृषकलाई च्याउ खेती गर्न रोटरी क्लब अफ महाराजगञ्जको सहयोग

१५ दिने प्रशिक्षणमा सहभागि बिभिन्न जिल्लाबाट आएका कृषकहरु च्याउ खेतीमा सम्लग्न हुनेछन् । कृषकलाई आर्थिक रुपले सम्पन्न बनाउने उद्धेश्यले सञ्चालित परियोजना यहि भाद्र २०८० देखि सुरु भै २०८१ साल आषाढमा पुराहुने बताईएको छ ।

कार्यक्रमको निरन्तरता तथा दिगोपनाको लागि परियोजना पुराभएपछी पौरखी नेपालले सहजकर्ताको रुपमा सहयोग पु¥याउने छ । कार्यक्रममा रोटरी क्लब महाराजगञ्जका पदाधिकारी तथा सदस्यहरु , रोटरी क्लब काभ्रे भ्यालीका अध्यक्ष रिकेस कायस्थ लगायत क्लबका अभिभावक जी.एस. आर रोटरियन महेश्वोर भक्त श्रेष्ठ, तथा जूम मार्फत अन्तरराष्ट्रिय रोटरी डीष्ट्रीक्ट ७४१० अमेरिकाका तर्फबाट यस परियोजनाका प्रमुख भूतपुर्व गवर्नर श्रीमती मार्सा लंघमान तथा अमेरिका तथा क्यानाडाका सहयोगी दाता रोटरियनहरुको सहभागिता रहेको थियो ।

तालिम प्रशिक्षणलगतै बुढानिलकण्ठ नगरपालिका वार्ड नम्बर– ६ च्यासिंग टोलका ग्रामिण बिपन्न किसानहरुको जिबन स्तर अभिवृद्धि गर्ने उदेश्यले दिगो च्याउ खेतिको परियोजना सुरु गरिने छ ।