राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठक सुरु भएको ।
बैठक राष्ट्रपति भवन शीतल निवासमा सुरु भएको हो । संसद्को जारी गतिरोध अन्त्य गर्न भन्दै राष्ट्रपति पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई बोलाएका हुन् ।
बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको उपस्थित बिनै सुरू भएको हो । राष्ट्रपति पौडेलले संविधानविपरीत अनावश्यक सक्रियता देखाएकाले पार्टीबाट बैठकमा कोही पनि नगएको एमालेले जनाएको छ । एमालेले राष्ट्रपतिले बोलाएको बैठकको जानकारी नभएको पनि जनाएको छ ।
यसअघि, हिजो सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठकमा एमाले सहभागि भएको थियो । हिजोको बैठकले सुन तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउने सहमति गरेको थियो ।
यसैगरी, आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुनः सर्वदलीय बैठक ११ बजे बस्ने र शीर्ष नेताहरुको बैठक दिउँसो २ बजे बस्ने तय भएको बताइएको छ ।








