कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री थापाल आजै विश्वासको मत लिने गठबन्धन दलको बैठकले निर्णय गरेको हो।
प्रदेशसभाको बैठक बोलाएर उपसभामुख सृजना दनुवार काठमाडौं गएपछि बैठक बस्ने नबस्ने अनिश्चित थियो ।
गठबन्धन दलको बैठकले आजै विश्वासको मत लिने निर्णय गरेको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।
उपसभामुख दनुवारले अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीलाई जिम्मेवारी दिएर काठमाडौं गएकी थिइन् । गठबन्धन दलका सांसदले बैठकको अध्यक्षता गरे मुख्यमन्त्रीले विश्वासको मत पाउँदैनन्। उपसभामुखले बोलाएको बैठक स्थगित गर्ने अधिकार नभएका कारण आजै विश्वासको मत लिने निर्णय भएको आङ्बोले बताए ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । गठबन्धन दलसँग ४७ मत नै छ।








