संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्ने भएका छन् ।

सभामुख घिमिरेको सचिवालका अनुसार सभामुखले बिहान ९ बजे प्रधानमन्त्रीसँग सरकारी निवास बालुवाटारमा छलफल गर्न लागेका हुन् ।

सदन अवरोध भएपछि सभामुखले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि ५ पटक छलफल गरिसकेछन् । तर संसद चल्न सकेको छैन् ।

गत १० साउनदेखि संसद बैठक अवरुद्ध र स्थगित हुँदै आएको छ । सुन तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद बैठक अवरोध गर्दै आएको छ ।

प्रतिनिधि सभाको अर्को बैठक भदौ ३ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।