कक्षा-१२ को नतिजा सार्वजनिक भएको छ। मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले २०८० सालको कक्षा-१२ को नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।
सार्वजनिक नतिजा अनुसार यो वर्ष ५०.०९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
यस वर्ष ४ लाख ४८ हजार ८ सय ३७ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए। ५१ जनाको परीक्षा रद्द भएको थियो।
कक्षा-१२ को परीक्षा २०८० साल वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको थियो।
बोर्डले नेपाल टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने जनाएको छ।
यसरी हेर्नुहोस् परीक्षाफल









