लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आइ नेपाल अन्तर्गत रहेका ३ वटा क्लवहरुले पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेका छन् ।

लायन्स क्लब अफ काठमाडौं शताब्दी, लायन्स क्लब अफ काठमाडौं रन्जना सिस्टर र लायन्स क्लब अफ काठमाडौं रक्तदाता समुहको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता एलसीआइएफ एरिया लिडर लायन राजन लम्सालको थियो भने विशेष आतिथ्यता डिष्ट्रिक्ट गभर्नर तथा पदस्थापना अधिकृत लायन चन्द्रकुमार केसिको रहेको थियो ।

लायन्स ३२५ आइ नेपालका ३ क्लवहरुको पदस्थापन तथा सपथग्रहण सम्पन्न

कार्यक्रममा तिनवटै क्लबका निवर्तमान अध्यक्ष लायन दिब्यशोर श्रेष्ठ, लायन शशीभूमी श्रेष्ठ र लायन बिनोद भण्डारीलाई लायन बर्ष २०२२–२०२३ मा क्लबले गरेको उत्कृष्ट कार्यसम्पादनको लागि बधाई ज्ञापन गरिएकोे थियो ।

त्यस्तै लायन बर्ष २०२३–२०२४ मा पदस्थापित भएका क्लबका अध्यक्षहरु लायन प्रेमबहादुर रावल, लायन एलिसा श्रेष्ठ (महत), र लायन चक्रबहादुर न्यौपानेलाई कार्यक्रममा बधाई तथा सफल कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको थियो ।

लायन्स ३२५ आइ नेपालका ३ क्लवहरुको पदस्थापन तथा सपथग्रहण सम्पन्न

कार्यक्रममा क्लबका वर्तमान अध्यक्षहरुले आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्दै लायन्स क्लब अफ काठमाडौं शताब्दीद्वारा डिष्ट्रिक्ट भवन निर्माणको लागि नगद २ लाख रुपैया तथा रन्जना सिस्टर्स र रक्तदाता समुहबाट २५–२५ हजार रुपैया रकम सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

लायन्स ३२५ आइ नेपालका ३ क्लवहरुको पदस्थापन तथा सपथग्रहण सम्पन्न

साथै नेपाल लायन्स फाउन्डेसनमा काठमाडौं रक्तदाता समुह र रन्जना सिस्टर्स द्वारा नगद ५ हजार १ सय रुपैया दुवै क्लवले प्रदान गरेका थिए । लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेसन (LCIF) मा काठमाडौं शताब्दीद्वारा पूर्वअध्यक्ष तथा एडिसनल डिष्ट्रिक्ट चिफ लायन सुरेन्द्र सिक्देलाई MJF ग्रहण गर्ने घोषणा गरिएको थियो ।

लायन्स ३२५ आइ नेपालका ३ क्लवहरुको पदस्थापन तथा सपथग्रहण सम्पन्न

त्यस्तै कार्यक्रममा डिष्ट्रिक्ट चिफ एड्भाइजर लायन सुर्य कुमार केसिले उत्कृष्ट पदस्थापन कार्यक्रम आयोजना गरेकोमा संयोजक जोन चेयरपर्सन लायन बिना श्रेष्ठ, रिजन चेयरपर्सन लायन केदारप्रसाद न्यौपाने साथै सम्पुर्ण अध्यक्ष लगायत क्लब परिवारलाई हार्दिक बधाई तथा उतरोउत्तर प्रगतिको शुभकामना ब्यक्त गरेका थिए ।

लायन्स ३२५ आइ नेपालका ३ क्लवहरुको पदस्थापन तथा सपथग्रहण सम्पन्न

बागबजारस्थित हार्दिक होटलमा भव्य समारोहका बिच सम्पन्न बागमती क्षेत्रको दोस्रो चरणको चौथो पदस्थापना कार्यक्रममा फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर लायन बिनोद ढुङ्गाना, सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर लायन पार्वती खरेल पान्डे, पूर्वमल्टिपल काउन्सिल चेयरपर्सन लायन मनबहादुर रोका, पूर्वडिष्ट्रिक्ट गभर्नर लायन इन्दु लम्साल, क्याबिनेट सेक्रेटरी लायन महेश पाण्डे तथा क्याबिनेटका सिनियर लायन लिडर ज्युहरुको समेत उपस्थिति रहेको थियो ।

लायन्स ३२५ आइ नेपालका ३ क्लवहरुको पदस्थापन तथा सपथग्रहण सम्पन्न