कलेज अफ एप्लाइड विजनेसले समाजको सुरक्षाको लागि भन्दै गंगाहिटी प्रहरी प्रभागलाई सिसिटिभि प्रदान गरेको छ ।

काठमाडौं महानगरपािलका वडा नम्बर ७ , गंगाहिटीमा अवस्थित कलेजले बिहीबार एक कार्यक्रमका बीच सोहि स्थानमा रहेको गंगाहिटी प्रहरी प्रभागलाई ५ थान सिसिटिभि क्यामेरा र १ थान एन भि आर जडान गरी हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा कलेजका प्रिन्सीपल रमेश पाण्डेले कलेजले सामाजिक उतरदायित्व बहन गर्दै सिसिटिभि प्रदान गरिएको बताए । कलेज तथा प्रहरी प्रभाग वरपर सुरक्षा जोखिम रहेको बताउदै प्रिन्सीपल पाण्डेले त्यसको केहि हदसम्म समाधान होस् भनि सिसिटिभि राख्ने कार्य अघि बढाएको बताए ।

कलेज अफ एप्लाइड विजनेसद्धारा सिसिटिभि प्रदान

समाज, प्रहरीसँगको हातेमालो गर्दै अघि बढ्ने क्रममा कलेजले विगतमा गहना पोखरीको पानी पिउनको लागि उपयोग गर्न सकिन्छ भनि प्रयोगमा ल्याउन खोजिए पनि त्यो सफल हुन नसकेको उनको भनाई छ ।

त्यस्तै सिसिटिभि प्रदान तथा जडान कार्य प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्र्तगतको एक अंश रहेको प्रहरी निरिक्षक रमेश शर्माले बताए । समाजमा हुने अपराध नियन्त्रणको लागि सिसिटिभि अनिवार्य भइ सकेको अवस्थामा कलेजको सहयोगले अपराध नियन्त्रणमा सहयोग पुग्ने शर्माले बताए । समाज उत्थानको लागि कलेज, समुदाय प्रहरी मिलेर अघि बढ्नु बिनाको विकल्प नरहेको उनको भनाई छ ।

कलेज अफ एप्लाइड विजनेसद्धारा सिसिटिभि प्रदान

कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ७ का वडाअध्यक्ष बिमल कुमार होडाले शासन सदैव विधिको हुनपर्छ तथा प्रहरी सदैव सेवक भई काम गर्नुपर्ने बताए ।

उनले गंगाहिटीस्थित खोलामा बच्चा फाँयक्ने, फोहोर फाल्ने , सार्वजनिक जग्गा हडपने तथा भवन निर्माण लगायतका समस्याहरु रहेको छ त्यसको सुरक्षा गर्नु आवश्यक रहेको बताए । सिसिटिभी जडान पश्चात सो क्षेत्रमा शान्ति, सुरक्षा कायम गर्न महत्वपुर्ण सहयोग पुग्ने उनेको भनाई छ ।