भारतको उत्तर प्रदेशमा शनिबार भएको कार दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ ।
भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा नेपालगञ्जको त्रिभुवन चोकका ६ जना नेपालीको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । मृतक ६ जना दुई परिवारका रहेको जनाइएको छ ।
नेपालगञ्जको त्रिभुवन चोकका व्यावसायी सन्तोष कुमार गुप्ता, उनका दुई छोरा र एक छोरी र गुप्ताकै नातेदार हरि ओम मेडिकलका सञ्चालकका छोरा र छोरीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । कारका चालक गम्भीर घाइते भएका छन् ।








