संखुवासभा समाज कतारले संखुवासभाको हेवाखोलामा आएको बाढीका कारण मृत्यु तथा बेपत्ता हुनेहरुका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

गत असार २ गते संखुवासभा चैनपुर नगरपालिकास्थित हेवाखोलामा आएको बाढीका कारण बेपत्ता भएका ५ जनाको परिवारलाई समाजले प्रति परिवार ४३ हजार रुपैयाका दरले जम्मा २ लाख १५ हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

संखुवासभा समाज कतारको बाढीपीडित ५ परिवारलाई आर्थिक सहयोग

समाजका सदस्य पृथबहादुर थापाको संयोजकत्वमा पाँचखपन नगरपालिकाको कार्यलयमै पुगेर बिहिबार एक औपचारिक कार्यक्रमका बिच नगरप्रमुख बिपिन राईको रोहबरमा पीडित परिवारलाई सो रकम हस्तान्तरण गरिएको हो ।

मृत्यु तथा बेपत्ता हुनेहरुमा पाँचखपन नगरपालिका वडा नं ६ का दिपक मगर, सोही नगरपालिका वडा नंं ९ का सन्तोष राई र सुहाङग राई त्यस्तै वडा नं.७ का भुवनसिंह तामाङ र चैनपुर नगरपालिका वडा नं. ४ का ज्ञान बहादुर लिम्बूको परिवारलाई ४३ हजार रुपैयाका दरले नगद नै हस्तान्तरण गरिएको समाजका अध्यक्ष राजेन्द्र खनालले जानकारी दिए ।

संखुवासभा समाज कतारको बाढीपीडित ५ परिवारलाई आर्थिक सहयोग

बिपतको घडिमा समाजले उनीहरुका परिवारलाई केही भएपनि राहत होस् भनेर आर्थिक सहयोग प्रदान गरेको संघका अध्यक्ष खनालको भनाई छ ।

संखुवासभा जिल्लामा जन्मिएर बैदेशिक रोजगारका क्रममा कतारमा रहेका नेपालीको साझा संस्थाका रुपमा रहेको संखुवासभा समाज कतारले पछिल्लो समय आफ्नो सक्रियता बढाएको छ । आफ्नो जिल्ला तथा जिल्लाबासीका लागि आपत् विपत परेको वखत्मा संस्थाले स्थापना कालदेखि नै विभिन्न सहयोग तथा सहकार्य गरिरहेको र आगामी दिनहरुमा पनि जिल्लामा आईपर्ने समस्याहरुमा एकजुट भएर सहयोग गर्दै जाने प्रतिबद्धता समाजले जनाएको छ ।

संखुवासभा समाज कतारको बाढीपीडित ५ परिवारलाई आर्थिक सहयोग
संखुवासभा समाज कतारको बाढीपीडित ५ परिवारलाई आर्थिक सहयोग