कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दै छन ।
बिहान साढे १० बजे मुख्यमन्त्री थापाले शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ ग्रहण गराउनेछन ।
थापा २६ दिनमा दुई पटक मूख्यमन्त्री नियुक्त भएका हुन । सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएपछि पुनः उनकै मत प्रयोग गरेर बहुमतसहित दाबी पेश गरेपछि प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन ।
यसअघि सभामुख गौतमले नै समर्थन गरेका कारण सर्वोच्चले थापाको नियुक्ति असंवैधानिक ठहर गरेको थियो । ९३ सदस्यीय कोशीमा सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक पर्दछ ।
सभामुख गौतमलाई राजीनामा गराइएको भए पनि उपसभामुखले पनि राजीनामा दिएको अवस्थामा सत्ता गठबन्धनलाई अर्को समस्या आईलाग्ने देखिएको छ ।








