नेकपा माओवादी केन्द्रको साउन १७ गते देखि सुरु हुने केन्द्रीय कमिटीको एजेन्डालाई अन्तिमरुप दिन पार्टीका पदाधिकारीहरू छलफलमा जुट्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले (सोमबार) ८ बजेका लागि पदाधिकारी बैठक बोलाइएको हो ।

पदाधिकारी बैठकमा नेपाल समाजवादी पार्टी (नेसपा)ले पार्टी एकताका लागि पठाएको नौ बुँदे प्रस्तावका साथै कोशी प्रदेश सरकारका विषयमा पनि छलफल हुने बताइएको छ ।

बुधबार देखि सुरु हुने माओवादी बैठकमा विधान अधिवेशन, संगठन परिचालयनसहितका विषयमा छलफल हुनेछ ।