जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मौसम आंशिक देखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
हाल देशभरको मौसम आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र मधेश प्रदेशका पश्चिमी भु–भागका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।
दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । साथै, देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा पनि हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । यस्तै, बाँकी प्रदेशका थोरै स्थानहरूमा समेत शनिवार राती हल्का देखि मध्यम वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ ।








