राष्ट्रिय स्वतन्त्र पार्टीले सुन तस्करीको विषयलाई लिएर संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।

बुधबार नेपाल सुन तस्करीको हब बन्दै गएकोमा सरकारको जवाफ माग्दै प्रस्ताव दर्ता गरेको हो ।

उक्त प्रस्तावमा सुन तस्करीको विषयलाई लिएर सरकार जवाफदेही बन्नुपर्ने र संसदमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरिएको छ ।

त्यसै गरि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीकै विषयलाई लिएर संसदमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्ने भएको छ ।