नेकपा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीमार्फत भित्रिएको सय किलो सुनबारे संसद्मा गृहमन्त्रीको जवाफ माग्ने भएको छ ।

बुधबार संसद बैठक अघि बसेको एमाले संसदीय दलको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुनबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्ने निर्णय गरेको हो ।

एमालेको संसदीय दलको बैठकको कारण अपरान्ह एक बजेका लागि बोलाइएको संसद बैठक समयमा नै सुरु हुन सकेको छैन् ।

एमाले सांसद सूर्य थापाले संसदीय दलको बैठकले सुन प्रकरणबारे न्यायिक छानविन
नबनाएसम्म संसद अघि बढ्न नदिने निर्णय गरेको जानकारी दिए ।

उनले भने ‘ सुन तस्करीको घटना चानचुने घटना होइन, यत्रो ठूलो परिमाणको सुन अवैधरुपमा भित्रिएको बारेमा न्यायिक छानविन एमालेले आवश्यक देखेको छ । ’

संसद बैठक केही बेरमा बस्दैछ ।