प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक आज शनिबार बस्दैछ ।

बैठक ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बस्नेछ ।

बैठकमा पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजन अनुसार कामको मूल्याकंन, पार्टी स्कुल विभाग, पार्टी प्रचार र जनसंगठनको कामको अवस्था तथा पुष्पलाल स्मृति दिवस मनाउने विषयमा छलफल हुने बताइएको छ ।