प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
दाहालको निधनपछि सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो । सीताको त्याग र योगदानप्रति आत्मसात् गर्दै नेपाली सेनाको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय भएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिएको छ । २ बजे पशुपतिमा अन्तिम संस्कार गर्ने तयारी छ ।









