राष्ट्रिय सभा बैठक आज बस्दैछ ।
बिहान ११ः०१ बजे बस्ने बैठकमा विनियोजन विधेयक २०८० पारित गरिने कार्यसूची रहेको छ ।
संघीय संसद सचिवालयका अनुसार विधेयक माथि उठेका प्रश्नको जवाफ सबन्धित मन्त्रीहरुले दिने छन् भने आजै खर्च कटौती सबन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ ।
बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।








