हाल देशमा मनसुनी वायुको प्रभावसंगै मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तर तर्फ अर्थात् नेपाल नजिक आइपुगेकाले आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम बदली रही सबै प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भने भारी वर्षा हुने उल्लेख गरेको छ ।

हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

त्यस्तै, मंगलवार दिउँसो र राती देशभरको मौसम सामान्य देखि पूर्ण बदली रहनेछ। म्ांगलवार राती सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना पनि रहेको छ।

राती कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको तथा मधेश प्रदेश, कोशी र लुम्बिनी प्रदेशका तराइका थोरै स्थानहरूमा हावा–हुरीको पनि सम्भावना रहेकोले सर्तक रहन महाशाखाले सचेत गराएको छ ।