नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद बन्द भएको आरोप लगाएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले सदन सञ्चालन गर्न आफूहरु सकारात्मक भएपनि प्रधानमन्त्री कै कारण संसद बैठक सरेको बताए ।

उनले एमालेमाथि लगाइएको गम्भीर आरोपहरु फिर्ता नभएकाले सहमत हुन नसकेको जिकिर गर्दै प्रधानमन्त्रीको राजिनामा नआए संसद चल्न नसक्ने दाबी गरे ।

के हुदाँ सहमति जुट्छ ? सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘राजीनामा चाहियो ।’

प्रधानमन्त्रीको जेष्ठ २१ गतेको वक्तव्य हेर्न भन्दै उनले त्यसप्रति गम्भीर आपत्ति जनाए। यसअघि आइतबार नै सदनको गतिरोध अन्त्य गर्ने विषयमा सिंहदरबारमा शीर्ष दलको बैठकमा सहमति जुटेको थियो ।