रोटरी क्लब अफ राजधानीले महिलामा बढदै गरेको पाठेघर क्यान्सर न्यूनिकरण गर्न महिला स्वास्थ्य उपहार कार्यक्रमका रुपमा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्ने कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रम सञ्चालनका लागि विगत लामो समय देखि किशोर किशोरी र महिलाहरुको स्वास्थ्य, शिक्षाको क्षेत्रमा कार्यक्रम गर्दै आएको मेरी स्टोप्स नेपालसँग क्लबले एक समारोहका बीच सम्झौता गरी कार्यक्रम अगाडी बढाएको हो ।

रोटरी क्लब अफ राजधानीको महिला स्वास्थ्य उपहार कार्यक्रम सुरु

महिला स्वास्थ्य उपहार कार्यक्रम सम्वन्धी सम्झौताले क्लबको सामाजिक उत्तरदायित्व निर्वाहमा थप जिम्मेवारी थपिएको बताउदै रोटरी क्लब अफ राजधानीका प्रेसिडेन्ट केपी उपाध्यायले पहिलो चरणमा २५ हजार महिलाको निःशुल्क पाठेघरको क्यान्सरको स्क्रिनिङ गरिने बताए ।

यसैगरी रोटरी क्लब अफ राजधानीको मिडिया पाटर्नरमा रोजगार मिडिया प्रा.लि.र भिजन न्यूज नेपाल रहने भएका छन । क्लबले आफ्नो मिडिया पाटर्नरको रुपमा यी दुई संस्थासँग सहकार्यको सहमति गरेको हो ।

रोटरी क्लब अफ राजधानीको महिला स्वास्थ्य उपहार कार्यक्रम सुरु

रोटरी क्लब अफ राजधानीको सन् २०२३–२०२४ कार्यकालको आज बसेको पहिलो बैठकमा मिडिया पाटर्नर र महिला स्वास्थ्य उपहार कार्यक्रम सम्वन्धी छुट्टाछुट्टै सम्झौता सम्पन्न भएको हो ।

सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान र अस्थित्व रहेको रोटरी क्लब अफ राजधानीको गतिविधी र सामाजिक योगदानको उजागर गर्न तथा यस्ता कार्यमा अन्य संघसंस्था तथा व्यक्तित्वहरुलाई प्रेरित गर्नका लागि क्लबले पहिलो पटक औपचारिकरुपमा मिडिया पाटर्नरका लागि सहकार्य गरेको हो ।

रोटरी क्लब अफ राजधानीको महिला स्वास्थ्य उपहार कार्यक्रम सुरु

उक्त सहमतिपत्रमा क्लबका तर्फबाट जनसम्पर्क संयोजक उत्तमबाबु भट्टराई र रोजगार मिडियाकातर्फबाट प्रवन्ध निर्देशक उद्धव भट्टराई तथा भिजन न्यूजका अध्यक्ष चक्रप्रसाद पोखरेलले हस्ताक्षर गरेका हुन ।

शिक्षा, स्वास्थ्य, पर्यावरणीय वातावरण तथा विभिन्न सामाजिक कार्यमा संलग्न रोटरी क्लब अफ राजधानीले समय–समयमा रक्तदान, बृक्षारोपन, हिमाल सरसफाईलगायतका सामाजिक कार्य गर्दे आएको छ ।