नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक आज बस्दैछ। केन्द्रीय कार्यालय सानेपामा दिउँसो १२ बजे बस्ने बैठकमा आन्तरिक एजेण्डामा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले बताए।
बैठकमा सदस्यता वितरण, नवीकरण र अभिलेखीकरण, पार्टीका विभिन्न तहका सम्मेलन, पार्टी संचालन तथा व्यवस्थापनलगायतका विषयमा छलफल हुनेछ। जिल्ला सभापतिहरूलाई महामन्त्री गगन थापाले लेखेको पत्रमा जिल्लाका विभिन्न तहका समितिको विवरण तथा सभा सम्मेलनको विवरण ल्याएर उपस्थित हुन आग्रह गरिएको छ।
कांग्रेसले यही असार २७ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। लामो समयदेखि नबसेको केन्द्रीय कार्य समितिको बैठक इतरपक्षको निरन्तरको दबाबपछि बुधबार बसेको पदाधिकारी बैठकले असार २७ गतेका लागि तय गरेको हो।








