नेकपा एमाले संसदीय दलको निर्णय अनुसार प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति प्रति राष्ट्रिय सभा बैठकमा एमालेले प्रधानमन्त्रीको जवाफ माग गर्दै संसद अवरुद्द गरेको छ ।
राष्ट्रिय सभा बैठक अघि नै बसेको नेकपा एमाले संसदीय दलको बैठकले प्रधानमन्त्रीे पुष्पकमल दाहाल प्रचण्डले दिएको विवादास्पद अभिव्यक्तिलाई सदनमा लैजाने निर्णय गरेको थियो ।
बुधवार बसेको एमाले संसदीय दलको बैठकले आजको राष्ट्रिय र प्रतिनिधि सभा बैठकमा दाहालले प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने अभिव्यक्तिबारे आपत्ति जनाएको थियो । प्रधानमन्त्री दाहालको उक्त भनाईलाई एमालेले गम्भीरतापूर्वक लिएको निष्कर्ष निकालेको एमाले सचेतक महेश बर्तौलाले बताए ।
उनले भने, प्रधानमन्त्रीको निजी विषय होईन् । हामीलाई लागेको थियो हामीले प्रधानमन्त्री बनाएका छौं भनेर तर,हामीले बनाएका होइन,काँही कतैबाट बनको जस्तो व्यवहार गरेर उहाँले अभिव्यक्ति दिनुभयो । यो विषय सामान्य विषय होइन् । असामान्य विषय भएकाले संसदमा त्यही ढंगले यो विषयमा भूमिका निर्वाह गर्ने छौं ।
उनले प्रधानमन्त्रीले संसद र जनादेशको अपमान गरि देशको सार्वभौमसत्ता र स्वाभिमान माथि आक्रमणको गरेको पनि बताए ।
उक्त विषयलाई लिएर आज एमालेले संसद अवरुद्ध गरेको हो ।








